Logo
Logo

फूलको प्रतियोगितात्मक प्रदर्शनी ललितपुरमा सुरु


504
Shares

ललितपुर । १५औँ गोदावरी फूलको प्रतियोगितात्मक प्रदर्शनी बिहीबारबाट ललितपुरमा सुरु भएको छ ।

‘रोपेर फूल गोदावरी, सजाऔँ घर आँगन वरीपरी’ नाराका साथ फ्लोरिकल्चर एशोसिएसन नेपालको आयोजनामा पूष्पमेला सुरु भएको हो ।

प्रदर्शनीमा व्यवसायिक स्टल ४९, प्रतियोगितात्मक स्टल २ र सूचनामूलक ४ गरी जम्मा ५५ वटा प्रदर्शनी कक्ष रहेको फ्लोरिकल्चर एशोसिएसन नेपालका अध्यक्ष मिनबहादुर तामाङले जानकारी दिए ।

मेलामा करिव ८० लाखको कारोवार हुने अपेक्षा रहेको उनले बताए । प्रदर्शनीमा सहभागी नर्सरी र फर्महरुले उत्पादन गरेको गोदावरी फूलको ५ वटा प्रजातिमा प्रतिस्पर्धा गराइने बताइएको छ ।

सयपत्री, मखमली तथा अन्य सिजनल फूल तथा विरुवासमेत प्रदर्शनीमा राखिएको छ । अहिले फूल व्यापारको अवस्था उत्साहजनक रहेको र उत्पादनको तथा बिक्रि पनि बढ्दै गएको एशोसिएसनका अध्यक्ष तामाङले बताए ।

कोरोनाअघि पौने तीन अर्वको बार्षिक कारोवारको आंकडा रहेपनि कोरोनाका बेला १ अर्व ६३ करोडमा व्यापार झरेको तामाङको भनाई छ । त्यसपछि भने अघिल्लो आर्थिक बर्षमा २ अर्व बढिको कारोबार भएको र अहिले कारोवार बढ्दै गएको उनले बताए ।

गोदावरी फूलको व्यवसायिक प्रवर्द्धन गर्ने उद्देश्यका साथ मेला आयोजना गरिएको फ्लोरिकल्चर एशोसिएसन जनाएको छ । पुष्प मेला आइतवारसम्म चल्नेछ ।

प्रतिक्रिया दिनुहोस्