Logo
Logo

घुस्याहा इन्जिनियरसँग ३७ लाख रुपैयाँ बरामद


2.1k
Shares


काठमाडौं । खानेपानी तथा सररसफाई डिभिजन नम्बर ४ मन्थलीमा कार्यरत इन्जिनियर नवराज सत्यालसँग ३७ लाख ३० हजार रुपैयाँ बरामद भएका छ । २८ लाख रुपैयाँ घुसवापतको भएको र खानतालासीका क्रममा उनीसँग थप नौ लाख ३० हजार रुपैयाँ स्रोत नखुलेको रकम भेटिएको अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जनाएको छ ।


आयोगको टोलीले प्लम्बर बखत बहादुर थापासहित उनलाई बुधबार अपरान्ह १६ लाख नगद र १२ लाखको चेकसहित घुस लिदै गर्दा पक्राउ गरेको थियो । मन्थली–१ स्थित इन्जिनियरको निवासबाट उनीहरु रंगेहात पक्राउ परेका थिए । इन्छिनगाउँ लिफ्ट खानेपानी आयोजनाको खानेपानी तथा सरसफाइ उपभोक्ता सििमतको कामको भुक्तानीका लागि उनीहरुले घुस मागेका थिए । पक्राउ गरेर डेरामा खानतालासी गर्दा थप नौ लाख ३० हजार आयोगले बरामद गरेको थियो । इन्जिनियर सत्यालले सो रकमको स्रोत खुलाउन सकेका छैनन् ।

आठौं तहका कर्मचारी सत्याल २०५५ सालमा सरकारी सेवामा प्रबेश गरेका हुन् । यो अवधिमा उनले अकुत सम्पत्ति आर्जन गरेका छन् । भक्तपुरमा करोडौंको घर बनाएका उनीसँग निजी गाडी समेत रहेको र सम्पत्ति बारे पनि छानबिन गरिने अख्त्यिारले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्