Logo
Logo

काठमाडौं-३ : गठबन्धन नहुँदा पनि एमालेलाई गाह्रो


19.7k
Shares

काठमाडौं । आगामी मंसिर ४ गते हुने प्रदेश र प्रतिनिधिसभा सदस्य निर्वाचनमा देशका अधिकांश निर्वाचन क्षेत्रमा सत्ता गठबन्धनको साझा उम्मेदवार छन् । तर, काठमाडौं-३ मा भने दलहरु सिंगल सिंगल लड्दैछन् ।

काठमाडौं–३ मा नेपाली कांग्रेस र नेकपा एमाले मुख्य प्रतिस्पर्धी छन् । यो निर्वाचन क्षेत्रमा नेपाली कांग्रेसका सन्तोष चालिसे, एमालेका कृष्ण राईका साथै नेकपा माओवादी केन्द्रका बद्रिप्रसाद बजगाई पनि चुनावी मैदानमा छन् । तर, यो क्षेत्रमा माओवादीको खाशै पकड राम्रो छैन । त्यसैले पनि कांग्रेस र एमालेबीच नै प्रतिस्पर्धा हुने देखिन्छ ।

त्यसबाहेक यो क्षेत्रमा अन्य दल र स्वतन्त्रसहित डेढ दर्जन उम्मेदवार चुनावी मैदानमा छन् । तर, मुख्य प्रतिस्पर्धा कांग्रेस र एमालेबीच हुने देखिन्छ । अन्य क्षेत्रमा जस्तै यहाँ पनि सत्ता गठबन्धनबीच चुनावी तालमेल गर्ने निर्णय भएको थियो । तर, गठबन्धन दलका उम्मेदवार र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएपछि दलहरु सिंगल सिंगल चुनावी मैदानमा खडा भएका हुन् ।

अघिल्लो निर्वाचन अर्थात २०७४ मा यो क्षेत्रमा एमालेका राई बाम गठबन्धनको तर्फबाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका थिए ।

यस्तै, नेपाली कांग्रेसका चालिसे २०७४ सालको स्थानीय तहको निर्वाचनमा गोकर्णेश्वर नगरप्रमुखमा निर्वाचित भएका थिए । त्यसरी धेरैजसो निर्वाचन क्षेत्रमा गठबन्धन दलका उम्मेदवार र एमालेका उम्मेदवारबीच मुख्य प्रतिस्पर्धा देखिएपछि गठबन्धन दलहरु सिंगल सिंगल लड्ने निर्णयमा पुगेका हुन् ।

तर, यसरी गठबन्धन दलका उम्मेदवार सिंगलसिंगल चुनावी मैदानमा उत्रिएपछि यो क्षेत्रमा एमालेले सहज महुशुस गरेको छ । तर, एमालेले सोचेजस्तो सहज भने छैन किनकि ०७४ मा बाम गठबन्धनको साथमा चुनाव जितेका राईलाई अहिले एमालेको विभाजनका कारण असहज भएको छ ।

एमालेलाई असहज भएसँगै यो क्षेत्रमा कांग्रेस रक्षात्मक देखिन्छ । यो क्षेत्रमा कांग्रेस, एमाले र माओवादीका अलावा जसपाबाट मोहन कुमार विश्वकर्मा, राप्रपाबाट गणेश गिरि, नेमकिपाबाट विशोक डंगोल, लोसपाबाट मोहनबहादुर बस्नेत उम्मेदवार रहेका छन् ।

यस्तै जनमत पार्टीबाट गोविन्द नेपाल, मौलिक जरोकिलो पार्टीबाट समिना न्यौपाने, हाम्रो नेपाली पार्टीबाट द्धारिका अधिकारी, मंगोल नेशनल अर्गनाइजेशनबाट कृष्णकाजी श्रेष्ठ, संघीय लोकतान्त्रिक राष्ट्रिय मञ्चबाट नुर्पु गेन्जेन शेर्पा, सामाजिक लोकतान्त्रिक पार्टीबाट रक्षकुमार राई, आपमपा नेपालबाट नेत्रबहादुर तामाङ, राष्ट्रिय स्वतन्त्र पार्टीबाट दुर्गा विक्रम थापा उम्मदवार रहेका छन् ।

यस्तै यो क्षेत्रमा केदारनाथ मिश्र, दिनेश खनाल, कविता विष्ट सुनार, राजेश विष्ट, विन्दु मगर, श्रीकृष्ण ज्योती, जगन्नाथ देवकोटा र निरञ्जन पुडासैनीले स्वतन्त्र उम्मेदवारी दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्