Logo
Logo

विभागले दियो रोजगार कार्यलयहरुलाई थप अधिकार


315
Shares

काठमाडौं । वैदेशिक रोजगार विभागले श्रम तथा रोजगार कार्यालयहरूलाई थप अधिकार प्रत्यायोजन गरेको छ ।
विभागले वैदेशिक रोजगारमा कामदार पठाउन निश्चित संख्यामा माग निर्धारण गरी पूर्व स्वीकृतिका लागि निवेदन लिने र दिने अधिकार दिएको छ ।

त्यस्तै वैदेशिक रोजगार ऐन, २०६४ को दफा १६ बमोजिम विज्ञापन गरे÷नगरेको सम्बन्धमा नियमित अनुगमन गर्ने, तोकिएको संख्यामा नबढ्ने गरी श्रम स्वीकृतिको निस्सा (स्टिकर)का लागि निवेदन लिने र श्रम स्वीकृतिको स्टिकर दिने अधिकार पाएका छन् ।

वैदेशिक रोजगारको लागि व्यक्तिगत श्रम स्वीकृति दिने अधिकार समेत पाएका छन् । व्यक्तिगत श्रम स्वीकृति लिएर विदेश जान चाहनेहरूबाट निवेदन लिने र विभागको प्राप्त निर्णय वा अधिकार प्रत्यायोजन भएअनुसार स्वीकृति दिने अधिकार पाएका हुन् ।

वैदेशिक रोजगार ऐन २०६४ को दफा ३४ बमोजिम इजाजतपत्र वाला शाखा कार्यालयहरूको अनुगमन तथा निरीक्षण गर्ने अधिकार समेत कार्यालयहरूले पाएका छन् । त्यस्तै वैदेशिक रोजगार ऐन, २०६४ को दफा ७४ तथा वैदेशिक रोजगार नियमावली २०६४ को नियम ४७ र ४८ मा उल्लेखित व्यवस्थाको पालना गरे÷नगरेको अनुगमन गर्ने अधिकार पनि पाएका छन् ।

धनगढी, सुर्खेत, पोखरा,जनकपुर र विराटनगरमा रहेका श्रम तथा रोजगार कार्यालयलाई वैदेशिक रोजगार सम्बन्धी कार्य गर्ने अधिकारी यसअघि नै प्रत्यायोजित गरिएको थियो ।

प्रतिक्रिया दिनुहोस्