काठमाडौं । राष्ट्रिय वाणिज्य बैंक लिमिटेडले आप्mनो सेवा देशको ७७ वटै जिल्ला सदरमुकाममा पु¥याएको छ । सर्लाहीको मलंगवा नगरपालिका वडा नम्बर– ९ मा सोमबार शाखा सञ्चालनमा ल्याएसँगै बैंकको सेवा सबै जिल्लाको सदरमुकाममा पुगेको हो ।
यसअघि नै राष्ट्रिय वाणिज्य बैंक वाणिज्य बैंकहरूमध्ये सात प्रदेशको ७७ वटै जिल्लामा पुगी सेवा दिने पहिलो बैंक बनिसकेको जनाइएको छ । नेपाल सरकारको स्वामित्व रहेको यो बैंकले आव ०७८÷७९ को चौथो त्रैमाससम्ममा पाँच अर्ब २१ करोड रुपैयाँ खुद मुनाफा आर्जन गर्न सफल भएको जनाएको छ ।
२०७९ आषाढ मसान्तमा बैंकको ग्राहक निक्षेप दुई खर्ब ५९ अर्ब रुपैयाँ र खुद कर्जा तथा सापट दुई खर्ब २९ अर्ब रुपैयाँ पुगेको छ । आव ०७८÷७९ मा बैैंंकको सेयरधनी कोष ३३ अर्ब ४८ करोड रुपैयाँ र कुल सम्पत्ति तीन खर्ब २९ अर्ब रुपैयाँ पुगेको जनाइएको छ ।
बैंकले हाल देशभरमा दुई सय ६४ शाखा, दुई सय ६८ एटिएम र ९९ शाखारहित बैंकिङमार्फत सेवा दिइरहेको जनाएको छ ।