Logo
Logo

लागुऔषधसहित २१ जना पक्राउ


504
Shares

काठमाडा । लागुऔषध नियन्त्रण ब्यूरोले पर्सा र पोखराबाट २१ जनालाई पक्राउ गरेको छ ।

खैरो हेरोइन, गाँजा र नियन्त्रित एम्पुलसहित उनीहरुलाई पक्राउ गरिएको लागुऔषध नियन्त्रण व्युरोका एसएसपी विकाशराज खनालले बताए । खैरो हेरोइन ३३ दशमलव ४ ग्रामसहित ८ जना पक्राउ परेका छन् ।

सोलुखुम्बु घर भएका ग्याल्जेन शेर्पा, इलाम घर भएका दिनेश तामाङ, सिर्जना राई र कृष्ण तामाङ छन् । नुवाकोट घर भएका सरोज राई, सर्लाही घर भएका रन्जित गोले र नुवाकोट घर भएका कृष्णबहादुर राई खैरो हेरोइनसहित पक्राउ परेका छन् । यसैगरी २१ सय ४० पिस लागुऔषध एम्पुलसहित १० जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा पर्सा घर भएका सन्दिप दास, दिपुप्रसाद कुशवाहा, उपेन्द्रप्रसाद कुशवाहा, चितवन घर भएका श्रीकृष्ण भण्डारी र मेलिना भण्डारीसहित १० जना छन् ।

१५ किलो ९७१ ग्राम गाँजासहित पक्राउ पर्नेमा भारतीय नागरिक सन्दिप शर्मा, गोरखाका सचित देवकोटा र काठमाडौंका सौरभ सान्डिल छन् ।

प्रतिक्रिया दिनुहोस्