Logo
Logo

धनतेरसको दिन कुन सामान किन्दा कस्तो लाभ ?


2.3k
Shares

काठमाडौं । आज हिन्दुहरूको दोस्रो महान् चाड तिहारको पहिलो दिन । आज हिन्दूधर्मावलम्वीले धनतेरस पर्व मनाउँदै छन् ।

यस दिन विशेष रूपमा भगवान् धन्वन्तरीको पूजा आराधना गरिन्छ साथै धनका देवता कुवेर तथा लक्ष्मीको पनि पूजा आराधना गरिन्छ । कात्तिक कृष्ण त्रयोदशीमा मनाइने धनतेरस पर्वको दिनलाई कुबेरको दिनका रुपमा पनि मानिन्छ ।

धन सम्पन्नताका लागि कुवेरको पूजा गर्ने गरिएको छ । यस दिन मानिसले मूल्यवान धातुका साथमा नयाँ भाँडा कुडा र गरगहना किन्ने गर्छन् । त्यहि भाडा तथा मूर्तिमा दीपावलीको पूजा गर्ने प्रचलन रहेको छ । आजकै दिन समुद्र मन्थनको क्रममा भगवान् धन्वन्तरी हातमा अमृतको कलश लिएर प्रकट भएको भन्ने धार्मिक मान्यता रहदै आएको छ ।

भगवान् धन्वन्तरीलाई देवताका वैद्य मानीन्छ । उनी आरोग्य, स्वास्थ्य, आयु एवं तेजका देवतासमेत हुन् । भगवान् धन्वन्तरी भगवान् विष्णुका २४औँ अवतारमध्येका एक हुन् ।

धनतेरसको दिनलाई घरघरमा समृद्धि भित्रिने दिनको रूपमा लिइन्छ । यस दिनमा गरिने किनमेललाई शुभ मानिन्छ । यस दिन लक्ष्मीको विशेष कृपा हुने विश्वासका साथ विशेष सामग्रीहरू किनिने चलन रहेको छ । यस दिन विशेषगरी सुन, चाँदी तथा पित्तलका भाँडाकुँडाको खरिद गर्ने गरिन्छ ।
धनतेरसमा के किन्ने रु

धातुका भाडा जसमा पानीको सामाग्री भए धेरै राम्रो

गणेश लक्ष्मीको मूर्ति

माटो वा फलामको दीयो ।

धन यन्त्र

आर्थिक लाभका लागि पानीका भाडा

कारोबारमा विस्तारका लागि धातुको दियो

सन्तान सम्बन्धी समस्याका लागि तामाको थाली

स्वास्थ्य तथा आयुका लागि घन्ट

घरमा सुख शान्ति र प्रेमका लागि खाना पकाउने भाडा

धनतेरसका दिन यी सामाग्री खरिद गर्दा अशुभ

फलाम : धनतेरसमा फलामबाट बनेका सामग्रीहरु किन्नु हुँदैन। यदि किन्नै परे एक दिन अघि मात्र किन्नु पर्छ । शुभ कार्यका लागि फलाम अशुभ वस्तु मानिन्छ।

रितो भाँडा : बजारबाट किनेर ल्याएको भाँडा सिधै घरभित्र ल्याउनु हुँदैन। रित्तो भाँडामा पानी वा कुनै सामान भरेर मात्र घरभित्र लैजानुपर्छ। खाली भाँडो अशुभ मानिन्छ।

स्टील : धनतेरसमा स्टीलका सामग्रीहरु पनि किन्नु हुँदैन। स्टीललाई फलामको दोस्रोरुप लिइने हुँदा धनतेरसमा यसबाट बनेका भाँडाकुडा किन्नु हुँदैन। यसको सट्टा कपर वा काँसका भाँडाकुडा किने लाभ हुन्छ।

कालो रंगको वस्तु : धनतेरसमा बिर्सेर पनि कालो रङको वस्तु किन्नु हुँदैन। धनतेरसलाई शुभ दिन मानिने भएकाले कालो रङको कपडा वा धातु किन्न राम्रो मानिदैन। कालो रङ दुर्भाग्यको प्रतीक मानिन्छ ।

धारिलो हतियार : यस दिनमा धारिलो हतियार किन्नु हुँदैन । चक्‍कु, कैंची वा कुनै धारिलो हतियार खरिद गरेमा अशुभ मानिन्छ।

सवारी साधन : कतिपय व्यक्तिले धनतेरसलाई शुभ दिन मानेर सवारी साधन किन्ने गरेका हुन्छन्। तर धनतेरसमा सवारी किनेमा लाभ हुँदैन । यदि किन्नै परे धनतरेसको अघिल्लो दिन नै रकम भोक्तान गरेर मात्र किन्नुपर्छ।

नक्‍ली सुन : धनतेरसमा सुनको विशेष महत्त्व रहेको हुन्छ। त्यसैले धनतेरसमा थोरै भएपनि सुन किन्ने परम्परा रहिआएको छ। यस दिन बिर्सेर पनि नक्‍कली सुन किन्नु हुँदैन। नक्‍कली सुनलाई अशुभ मानिने भएकाले धनतेरसमा बिर्सेर पनि नक्कली सुन किन्नु हुँदैन।

तेल : धनतेरसमा तेल वा घिउ किनेमा राम्रो मानिदैन।तर यो दिन दीयो बाल्न तेला वा घिउको जरुरत परे पनि अगाडी नै किनिसक्नुपर्छ।

उपहार : धनतेरसको अघिल्लो दिन उपहार दिनु शुभ मानिन्छ । तर धनतेरसका दिन किनेर उपहार दिनु राम्रो मानिदैन । धनतेरसका दिन यस्ता कुरामा पैंसा खर्च गर्नु अशुभ मानिन्छ । धनतेरसका दिन आफ्नो घरबाट लक्ष्मीको दोस्रो ठाउँमा पठाउनु अशुभ मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्