Logo
Logo

कपिलवस्तुमा सशस्त्रकाे ट्रक दुर्घटना : मृतकको संख्या ४ पुग्यो


945
Shares

कपिलवस्तु । कपिलवस्तुमा गएराति भएको सशस्त्र प्रहरी सवार ट्रक दुर्घटनामा मृत्यु हुनेको संख्या ४ पुगेको छ । अन्य तीन जना गम्भीर घाइते छन् ।

शुक्रबार बेलुकी बाणगङ्गा नगरपालिका–३ सिउटीमा ट्रक अनियन्त्रित भई दुर्घटना हुँदा दुईजनाको घटनास्थलमै मृत्यु भएको थियो । थप दुईजनाको उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कपिलवस्तुका डीएसपी मीनबहादुर घलेले जानकारी दिए ।

उनका अनुसार चालक तथा सशस्त्र प्रहरी जवान रमेश चौधरी र स्थानीयवासी अमर तङनामीको घटनास्थलमै मृत्यु भएको थियो भने जवान जनक चौधरी र साइकल यात्री बाणगंगा नगरपालिका–३ का २६ वर्षीय अमर संग्रामी मगरको उपचारका क्रमममा भैरहवा मेडिकल कलेजमा मृत्यु भएको हो ।

घाइते तीनै जनाको भैरहवा मेडिकल कलेजमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्