Logo
Logo

ट्रकले अटोलाई ठक्कर दिँदा एकको मृत्यु, ३ जना घाइते


630
Shares

मकवानपुर । मकवानपुरमा ट्रकले अटोलाई ठक्कर दिँदा एक जनाको मृत्यु भएको छ ।

बागमती गाउँपालिका- ५ को झुरझुरेबाट फापरबारीतर्फ आउँदै गरेको ना१ह ५८५५ नं को अटो र विपरीत दिशाबाट आइरहेको बागमती प्रदेश ०३–१००१ क ४१३ नं को ट्रक एकापसमा ठोक्किदा एक जनाको मृत्यु भएको हो । दुर्घटनामा परि बागमती गाउँपालिका- ८ बस्ने वर्ष ५८ को रामबहादुर गोलेकाे मृत्यु भएकाे प्रहरीले जनाएको छ ।

बागमती नदीमा शव दाहसंस्कार गरी फर्केका मलामी चढेको सो अटोलाई ट्रकले ठक्कर दिँदा अटोका चालकसहित तीन जना यात्रु घाइते भएका छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार घाइते तीन जनाको हेटौँडाको चुरेहिल अस्पतालमा उपचार भइरहेको छ ।

प्रतिक्रिया दिनुहोस्