Logo
Logo

जोखिम मोलेर हामीले देश जोगाएका छाैँ : अध्यक्ष नेपाल


756
Shares

मोरङ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बेठीक मान्छेको हातमा पुगेको देशलाई संकटबाट बचाउन आफूहरुले जोखिम लिएको बताएका छन् ।

शनिबार विराटनगरमा सत्ता गठबन्धनको प्रदेशस्तरिय भेलालाई सम्बोधन गर्दै पूर्वप्रधानमन्त्रीसमेत रहेका नेपाले लोकतन्त्र धरापमा पर्ने, संघीयता खारेज हुने हो कि भन्ने अवस्थालाई पार लगाउन त्याग गरेको र देशलाई जोगाएको समेत बताए ।

अधयक्ष नेपालले शेरबहादुर देउवा र प्रचण्डले गरेको संघर्षलाई बिर्सन नहुने बताउँदै भने, ‘शेरबहादुर र प्रचण्डले गरेको संघर्षलाई बिर्सन हुँदैन । अहिले अर्को गठबन्धन बनाइएको छ । त्यो प्रतिगामी गठबन्धन हो । त्यसो भएको हुनाले सत्ता गठबन्धन एकताबद्ध भएर दृढताका साथ अगाडि बढ्नुपर्छ ।’

उनले गठबन्धनको उद्देश्य सत्तामात्रै नभएको बताउँदै भने, ‘जनतालाई लुटौँ भन्ने होइन । त्यसको विरोध गरेरै हामीले गठबन्धन बनाएका हौं ।’

२००७ साल, ०४७, ०६२–०६३ मा कांग्रेससँग कम्युनिष्ट मिलेरै प्रगति गरिएको भन्दै अध्यक्ष नेपालले सत्ता गठबन्धन स्वभाविक र प्रगतिशील गठबन्धन भएको दावी गरे ।

उनले चुनावपछि घोषणा पत्रका आधारमा काम गर्ने प्रतिवद्धतासमेत जनाए । ‘हामी चुनावी घोषणापत्र बनाएर थन्काएर राख्दैनौँ, हामी घोषणा पत्रअनुसार काम गछौँ ।’

प्रतिक्रिया दिनुहोस्