Logo
Logo

विपक्षीलाई ‘गोली ठोक्ने’ एमालेका उम्मेदवारको धम्की (भिडियोसहित)


27.4k
Shares

विराटनगर । प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेबाट सुनसरी–३ का उम्मेदवार भगवती चौधरीले विपक्षीलाई गोली ठोक्ने र छुरा घोप्ने धम्की दिएका छन् । 

सुनसरी–३ अन्तरगत पर्ने इटहरी नगरपालिकाको वडा नम्बर १४ मा बिहीबार आयोजित निर्वाचन कार्यक्रमलाई सम्बोधन गर्दै भगवतीले आफ्नो पक्षमा परिणाम नआए गोली ठोक्ने धम्की दिएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै भगवतीले भने– ‘म स्वयं भन्छु भगवती चौधरी उम्मेद्वार हुँ । यदि साँच्चिकै मानेन, त्यहाँ धाँधली र गलत प्रक्रियाहरू, दुश्प्रयास भयो भने त्यसलाई तोड्नका लागि पहिलो फायरिङ् मैले नै गर्छु । पहिले छुरा घोप्नु पर्यो भने मै घोप्छु ।’

निर्वाचनमा धाँधली हुने र आफ्नो पक्षमा परिणाम नआउने परिस्थिति बनेको खण्डमा पहिलो फायर आफूले नै गर्ने भन्दै उनले धम्की दिएका हुन् । कार्यकर्तालाई उक्साउँदै उनले भने– ‘भोलिपर्सि त्यस्तो हुनसक्छ भने त्यसलाई गोली ठोक्नु पर्यो भने, छुरी हान्न परे पनि भगवती चौधरी तयार छु ।’

सुनसरी–३ मा यसपटक पनि विजयकुमार गच्छदार र भगवतीबीच प्रतिस्पर्धा गर्दैछन् । २०७४ को निर्वाचनमा गच्छदारले धाँधली गरेर निर्वाचन जितेको आरोप लगाउँदै भगवतीले यसपटक पनि त्यस्तो भए गोली ठोक्ने धम्की दिएका हुन् ।

अघिल्लो निर्वाचनमा भगवतीलाई हराएका गच्छदार यसपटक कांग्रेसबाट सत्तारुढ गठबन्धनका उम्मेदवार हुन् ।

भिडियो हेर्नुहोस्–

प्रतिक्रिया दिनुहोस्