Logo
Logo

सरकारले नै गैरशरणार्थीसँग ४०-५० लाख लिएर अमेरिका पठाउँदैछ : ओली


3.4k
Shares

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारले लाखौँ रकम लिएर गैरभुटानी शरणार्थीलाई अमेरिका पठाउने धन्दा चलाइरहेको गम्भीर आरोप लगाएका छन् ।

फाइल फोटो

सरकारले ४० देखि ५० लाख रुपैयाँसम्म रकम अुलेर सरकारले नै गैरशरणार्थीलाई भुटानी शरणार्थीको परिचयपत्र दिँदै अमेरिका पठाइरहेको आरोप लगाएका हुन् ।

नेकपा एमाले ललितपुरले आयोजना गरेको शुभकामना आदान–प्रदान कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन् ।

कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले भने– ‘एक लाख १५ हजारभन्दा धेरै शरणार्थीलाई पठाउँदा आर्थिक कारोबार भएको थिएन । तर, अहिलेको सरकारले गैरभुटानी शरणार्थीलाई ४०–५० लाख लिएर शरणार्थीको प्रमाणपत्र दिने र अमेरिका पठाउने धन्दा सरकारले नै चलाइरहेको छ ।’

अध्यक्ष ओलीले सम्बोधनका क्रममा महँगीले आकाश छुँदा पनि कोही नबोलेको भन्दै रोष प्रकट गरेका छन् । आफ्नो सरकारको पालामा एक–दुई रुपैयाँ मूल्यवृद्धि हुँदा देश नै ठप्प पार्ने अवस्था रहेको र अहिले महँगीले आकाश छुदाँसमेत कोही नबोलेको भन्दै सबै सरकारको पक्षपोषणमा लागेको आरोप लगाए ।

प्रतिक्रिया दिनुहोस्