Logo
Logo

निफ्राले डाक्यो साधारणसभा, ९० करोड लाभांश पारित गर्ने


567
Shares

काठमाडौं । नेपाल इन्फ्रास्ट्रक्चर बैंक (निफ्रा)ले बार्षिक साधारणसभा आह्वान गरेको छ ।

सञ्चालक समितिको बैठकले चौथो वार्षिक साधारणसभा मंसिर १० गते गर्ने निर्णय गरेको हो । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४.२१ प्रतिशत नगद लाभांश (कर समेत) वितरण गर्ने प्रस्ताव पारित गर्नेछ ।

सभाले वार्षिक प्रतिवेदन २०७८/७९ को लेखापरीक्षण प्रतिवेदन, वासलात, नाफा नोक्सान हिसाब र सोहि अवधिको नगद प्रवाह विवरण लगायतका वित्तिय विवरण छलफल गरी पारित गर्ने छ ।

२०७९/८० का लागि लेखापरीक्षक नियुक्ति गरी पारिश्रमिक पनि तोकिनेछ । मंसिर १ भन्दा अगाडी सेयर किन्ने सेयरधनीले मात्र लाभांश र साधारणसभामा सहभागि हुन पाउनेछन् ।

प्रतिक्रिया दिनुहोस्