Logo
Logo

गठबन्धनलाई हार्ने छुट छैन : खेलकुदमन्त्री


378
Shares

बाँके । सत्ता गठबन्धनबाट बाँके– १ का उम्मेदवार नेकपा माओवादीका महेश्वरजंग गहतराजले परिवर्तनको नेतृत्व गरेका पार्टीबीच भएको गठबन्धनलाई हार्ने छुट नभएको बताएका छन् ।

निर्वाचन प्रचारका क्रममा आयोजिक कार्यक्रममा उनले तथाकथित राष्ट्रवादी, प्रतिगामीले गठबन्धनलाई असफल गराउने प्रयास गरिरहेकाले सचेत हुन कार्यकर्तालाई आग्रह गरे । ‘ब्यवस्था बदलेको पनि लामो समय भइसक्यो । अब जनताको अबस्था बदल्न जरुरी छ । हामी त्यसका लागि तयार छौं,’ उनले भने ।

खेलकुदमन्त्री समेत रहेका गहतराजले जिल्ला आएलगत्तै आफ्नो निर्वाचन क्षेत्रमा पुगेर भेटघाटलाई तिब्रता दिएका छन् । राप्ती सोनारी–२ अगैयामा निर्वाचन परिचालन कार्यालय उद्घाटन गरे । गठबन्धनले संबिधान र ब्यवस्थाको रक्षा गर्ने बताए । ५ वर्षे कार्यकालमा कुनै पक्षपात नगरी क्षेत्र नम्बर १ को विकास गरेको उनले बताए ।

‘बिद्यालयको शैक्षिक सुधार कार्यक्रमका साथै यहाँको आधारभुत आवश्यकता, सडक, बिजुली, सिचाइँ, खानेपानी, पुल पुलेसा, कटान तथा डुवान नियन्त्रण गर्न उल्लेखनीय काम भएका छन्,’ उनले भने । राष्ट्रिय खेलकुद प्रतियोगिताका कारण आफु समयमै निर्वाचन क्षेत्रमा पुग्न नसकेकामा खेलकुद मन्त्री अथकले क्षमा मागेका थिए ।

पुरानो अनुभव र नयाँ उत्साहका साथ जिम्मेवारी पूरा गर्ने प्रतिवद्दता समेत उनले जनाएका छन् । चुनाव जित्नु ठुलो कुरा नभएको बताउँदै उनले मुलुक प्रतिको ईमान्दारिता सबैभन्दा ठुलो कुरा भएको धारणा राखे । उनले थपे, ‘आजको ब्यवस्थाप्रति
माओवादी र काँग्रेसलाई जति माया छ, त्यो अरू दललाई छैन ।’

सोही कार्यक्रममा प्रदेश सभा १ ‘क’ का उम्मेदवार कृष्णा केसी नमुनाले गठबन्धका सबै उम्मेदवारलाई जिताउन आग्रह गरिन् । गठबन्धनको मर्म भन्दा बाहिर नजान समेत उनले सबै नेता कार्यकर्तालाई आग्रह गरीन् ।

प्रतिक्रिया दिनुहोस्