Logo
Logo

जन–जनको मन जित्दै खगेनसिं


12.4k
Shares

ताप्लेजुङ । ताप्लेजुङको प्रदेश (ख) का उम्मेदवार खगेनसिं हाङगाम आफ्नो निर्वाचन क्षेत्रका हरेक मतदाताको मन जित्दै घरदैलो गरिरहेका छन् ।

उनी अरु उम्मेदवार नपुगेका विकट र दूर दराजका गाउँमा पुग्दैछन् । सत्ता गठबन्धनबाट उम्मेदवार बनेका कांग्रेस क्षेत्रीय सभापति हाङ्गाम नेकपा माओवादी केन्द्र र एकीकृत समाजवादीसहितको टोली घरदैलोमा निस्किएको हो ।

युवा तथा प्रदेश र केन्द्रसम्म पहुँच भएको उम्मेदवार भएकाले मतदाता उत्साहित बनेको हाङगामले बताए । ‘हाम्रो छोरो/भतिजो, हाम्रो नाती, हाम्रै जाजु/भाई उठेको छौं । पहिले पनि सुख दुःखमा साथ दिने मान्छेलाई साथ दिनुपर्छ भन्ने प्रतिक्रिया दिनुभएको छ,’ उनले भने, ‘निर्वाचित भए त्यो विश्वास टुट्न दिन्न ।’

घर–घरमा पुगेर नागरिकका समस्या मसिनो ढंगले बुझिरहेको उनले बताए । उनी थुकिमा, नाल्वु, चाँगा, पापुङ, किलिङ, सिम्बुक, साँवा, लिवाङ पुगिसकेका छन् । सिम्बुक र किलिङ पुग्दा स्थानीयहरु सबैभन्दा धेरै खुसी भएको उनले बताए । ‘त्यहाँ अरु कोही पनि उम्मेदवार पुग्नुभएको रहेनछ ।

भौगोलिक रुपमा विकट तर सुन्दर गाउँ किलिङमा यसै वर्ष सडक पुग्छ । दुवै गाउँमा फोरजी सेवा चल्ने टेलिकमको टावर स्थापना तथा किलिङमा स्वास्थ्य भवनलाई प्राथमिकतामा राखेको छु ।’ पालिकाबाट टाढाका गाउँप किलिङ र सिम्बुक पुग्न १ दिन हिँड्नुपर्छ ।

प्रतिक्रिया दिनुहोस्