Logo
Logo

एनएमबीको नाफा घट्यो, खुद ब्याज आम्दानी वृद्धि


882
Shares

काठमाडौं । एनएमबी बैंकले २०७९/८० को पहिलो त्रैमासमा ९० करोड ४१ लाख रुपैयाँ नाफा कमाएको छ ।

गत वर्षको सोही अवधिमा १ अर्ब ४ करोड रुपैयाँ थियो । गत वर्षको तुलनामा बैंकको नाफा १४ करोडले नाफा घटेको छ ।
बैंकको खुद ब्याज आम्दानी वृद्धि भएको छ । सञ्चालन मुनाफामा कमी आएको छ । बैंकको खुद ब्याज आम्दानी ४४.४५ प्रतिशत वृद्धि भएको छ ।

खुद सञ्चालन मुनाफा ७.८८ प्रतिशतले घटेको छ । गत आवको पहिलो त्रैमाससम्म खुद ब्याज आम्दानीबापत एक अर्ब ४२ करोड रुपैयाँ आर्जन गरेको बैंकले चालु आवको सोही अवधिमा यो आम्दानी वृद्धि भएर दुई अर्ब पाँच करोड रुपैयाँ पुगेको छ ।यस्तै, बैंकले पहिलो त्रैमासम्ममा दुई अर्ब २८ करोड आर्जन गरेको छ । गत वर्षको सोही अवधिमा यस्तो नाफा दुई अर्ब ४७ करोड रुपैयाँ थियो ।

बैंकले हालसम्म एक खर्ब ७८ अर्ब ७१ करोड रुपैयाँ कर्जा लगानी गरेको छ । एक खर्ब ८० अर्ब ६९ करोड रुपैयाँ निक्षेप संकलन गरेको छ । गत आवको पहिलो त्रैमाससम्मको तुलनामा निक्षेप संकलन २ प्रतिशत घटेको छ । कर्जा लगानी २ प्रतिशतले वृद्धि भएको छ । बैंकको चुक्तापुँजी १८ अर्ब ३६ करोड ६७ लाख रुपैयाँ कायम भएको छ ।

जगेडा कोषमा ६ अर्ब ८८ करोड रुपैयाँ कायम भएको छ । जगेडा कोषको रकम ६.५४ प्रतिशत वृद्धि भएको हो । गत वर्ष त्रैमासम्मको अवधिमा जगेडा कोषमा ६ अर्ब ४६ करोड रुपैयाँ थियो । बैंकको खराब कर्जा १.९ प्रतिशत छ ।

बैंकको आधार दर १०.१५ प्रतिशत छ । गत वर्षको त्रैमाससम्म यस्तो दर ७.२७ प्रतिशत थियो । बैंकको प्रतिसेयर नेटवर्थ १५१ रुपैयाँ ६० पैसा कायम छ ।

प्रतिक्रिया दिनुहोस्