Logo
Logo

धनुषामा करेन्ट लागेर २ जनाको मृत्यु


630
Shares

जनकपुर । दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा करेन्ट लागेर धनुषामा २ जनाको मृत्यु भएको छ ।

जनकपुरधाम उपमहानगरपालिका २२ बसबिट्टीका १९ वर्षीय अमित मिश्र र जनकपुरधाम उपमहानगरपालिका- ९ निवासी १४ वर्षीय शिवराज यादवको मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुवै जना आफ्नै घरमा दीपावलीका लागि झिलिमिली बत्ती जोड्ने क्रममा सोमबार करेन्ट लागेर घाइते थिए। गम्भीर घाइते मिश्र र यादवको जनकपुरधामस्थित प्रादेशिक अस्पतालमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय धनुषामा प्रवक्ता प्रहरी नायब उपरीक्षक प्रदीपबहादुर क्षेत्रीले जानकारी दिए।

प्रतिक्रिया दिनुहोस्