काठमाडौं । नेकपा एमालेले प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनको चुनावी अभियान सुदूरपश्चिमबाट थाल्ने भएको छ ।
कात्तिक १८ गते दार्चुलामा अध्यक्ष केपी शर्मा ओलीले अभियानको थालनी गर्ने एमाले सुदूरपश्चिम सचिव धर्मराज पाठकले जानकारी दिए । ओलीले सदरमुकाम खलंगामा बिहान ११ बजे आमसभालाई सम्बोधन गरेर अभियान थालनी भएको घोषणा गर्नेछन् ।
ओलीले सोही दिन दिउँसो २ बजे बैतडी र ४ बजे कञ्चनपुरमा हुने आमसभालाई पनि सम्बोधन गर्नेछन् ।