Logo
Logo

जेसीबीको ठक्करबाट महिलाको मृत्यु


819
Shares

दैलेख । दैलेखमा जेसीबीको ठक्करबाट महिलाको मृत्यु भएको छ ।

भैरबी गाउँपालिकाको जेसीबीले ठक्कर दिँदा भैरबी–३ की ३९ वर्षीया धनि मियाँको घटनास्थलमै मृत्यु भएको हो । दैलेख प्रहरीका सूचना अधिकारी पुरुषोत्तम कार्कीका अनुसार सडक मर्मत गरेर सिलङ्गीतर्फ जाँदै गरेको जेसीबीले ट्रयाक्टरलाई साइड दिन ब्याक आउन लाग्दा मियाँलाई ठक्कर दिएको हो ।

दुर्घटना लगतै प्रहरीले जेसीबी र चालक प्रविण शाहीलाई नियन्त्रणमा लिई अनुसन्धान सुरु गरेको कार्कीले बताए । मृतकको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल ल्याइएको छ ।

प्रतिक्रिया दिनुहोस्