Logo
Logo

प्रधानमन्त्रीद्धारा शंखधर साख्वाको शालिकमा माल्यार्पण


1.1k
Shares

काठमाडौं । प्रधानमन्त्री शेर बहादुर देउवाले राष्ट्रिय विभूति शंखधर साख्वाको शालिकमा माल्यार्पण गरेका छन् ।

नेपाल संवत् ११४३ को अवसरमा भक्तपुर ठिमिमा बुधबार आयोजित कार्यक्रममा देउवाले माल्र्यापण गरेका हुन् । कार्यक्रममा संस्कृति मन्त्री, काठमाडौं, भक्तपुर र ललितपुरका मेयर उपमेयर सहभागी भएका छन् । आज देशभर विविध कार्यक्रम आयोजना गरी नेपाल संवत् मनाइँदैछ ।

राष्टिय विभूति शंखधर साख्वाले विसं ९३७ (इसं ८८०) मा गरीब जनताको ऋण मोचन गरी नेपाल संवत्को सुरु गरेका थिए । नेपाल संवत्ले पृथ्वीनारायण शाहको शासनकालसम्म राष्ट्रिय संवत्को मान्यता पाएको लुम्बिनी बौद्ध विश्वविद्यालयका पूर्वउपकुलपति डा त्रिरत्न मानन्धरले जानकारी दिए ।

लिच्छविकालका राजा राघवदेवको शासनकालबाट सुरु भएको नेपाल संवत् पृथ्वीनारायण शाहको शासनकालसम्म मौलिक संवतका रूपमा चलेको थियो । प्रजातन्त्रको स्थापना भएपछि देखि नै नेपाल संवत्लाई राष्ट्रिय मान्यताका लागि अभियान चलाइएको छ ।

नेपाल संवत्लाई नयाँ वर्षका रूपमा काठमाडौँ, ललितपुर, भक्तपुर, बनेपा, धुलिखेल, बाह्रबिसे, दोलखा भीमेश्वरलगायत नेवार समुदायको बाहुल्य रहेका स्थानमा विशेषरूपमा मनाउने गरिन्छ ।

प्रतिक्रिया दिनुहोस्