Logo
Logo

धरानमा सयपत्री फूलको कारोबार उच्च


252
Shares

धरान । तिहारमा सयपत्री फूलको प्रयोग धेरै हुन्छ । तीन दिनका अवधिमा धरानमा २ करोड मूल्य बराबर फूलको कारोबार भएको छ ।

सोमबार, मङ्गलबार र आज कृिष उपज बजारबाट फूल तथा तयारी मालाको कारोबार भएको हो । खासगरी लक्ष्मी पूजाको दिन घरलाई सजाउन र भाइटीकामा दिदीबहिनीले माइती दाजुभाइलाई सयपत्री फूलको माला लगाइदिने चलन छ ।

कृषि उपज बजारका व्यवस्थापक लक्ष्मण भट्टराईका अनुसार सयपत्री फूल गत वर्षभन्दा महँगो भएकाले भारतबाट आएको फूलको माला धेरै बिक्री भएको छ । लक्ष्मी पूजाको दिन १ करोडको कारोबार भएको थियो । १५ दिन अघि नै भारतको कोलकत्ताबाट २ लाख तयारी माला ल्याइएका थिए ।

नेपाली फूलका करिब २ लाख नै माला बिक्री भएको व्यवस्थापक भट्टराईले जानकारी दिए । भारतीय डेढ लाख माला ५० को दरले बिक्री भएको छ । नेपाली फूलको माला सय रुपैयासम्म परेको उनले बताए । भारतीय फूलका माला सस्तो भएका कारण नेपाली फूल व्यवसायीलाई असर परेको फूल व्यवसायी भक्त राईको भनाइ छ ।

गतवर्ष १ करोड १५ लाखको फूलको कारोबार भएको थियो । भारतीय फूल न्यून आएको थियो । तर यस पटक फूलको कारोबार पनि बढेको छ । भारतबाट पनि धेरै फूल भित्रिएको उनले सुनाए ।

आज साँझसम्म बजारमा फूलको कारोबार हँुदा बिक्री सङ्ख्या अझै बढ्ने उनले बताए ।

प्रतिक्रिया दिनुहोस्