Logo
Logo
रुपन्देही-२

जनमुक्तिका उम्मेदवारलाई गठबन्धनको साथ, विष्णु पौडेललाई थपियो चुनौती


24.7k
Shares

काठमाडौं । सत्तारुढ गठबन्धनले रुपन्देही–२ मा जनमुक्ति पार्टीका उम्मेदवार केशवबहादुर थापा मगरलाई समर्थन गर्ने भएको छ । गठबन्धनका उम्मेदवार नेकपा एकीकृत समाजवादीका राजु गुरुङको उम्मेदवारी खारेज भएपछि केशवबहादुरलाई गठबन्धनले साझा उम्मेदवार बनाउने निर्णय गरेको हो ।

बुधबार रुपन्देही क्षेत्र नम्बर २ मा बसेको पाँच दलीय गठबन्धनको बैठकले केशवबहादुरलाई समर्थन गर्ने निर्णय गरेसँगै नेकपा एमालेका उम्मेदवार विष्णु पौडेललाई चुनौती थपिएको छ । यसअघि राजु गुरुङको उम्मेदवारी खारेजी भएसँगै उनको जित सुनिश्चित जस्तै भएको थियो ।

यो क्षेत्रमा एमालेको उपाध्यक्षसमेत रहेका पौडेलले यसअघि लगातार तीनपटक जितेका थिए । तर, गठबन्धन भएपछि एमालेृलाई चुनौती बनेको थियो । तर, निर्वाचन कार्यलयले गुरुङको उम्मेदवारी कानुनी रुपमा अयोग्य भएको भन्दै खारेज गरिएपछि पौडेल ढुक्क बनेका थिए ।

केशव को हुन् ?

रुपन्देही क्षेत्र नम्बर–२ मा प्रतिनिधिसभाका लागि राष्ट्रिय जनमुक्ति पार्टीबाट उम्मेदवार बनेका केशवबहादुर थापा मगर गठबन्धनका साझा उम्मेदवार बनेका छन् । सो पार्टीका कार्यकारी अध्यक्ष रहेका उनी केशव सूर्यवंशी मगरको नामले समेत चिनिन्छन् ।

जनमुक्तिका केन्द्रीय अध्यक्ष केपी पालुंगा इलाममा एमाले उपाध्यक्ष सुवास नेम्वाङको क्षेत्रमा उम्मेदवार छन् । पार्टीमा पालुंगापछि दोस्रो नेता कार्यकारी अध्यक्ष केशव रुपन्देही–२ मा एमालेका उपाध्यक्ष पौडेलसँग अब चुनावी मैदानमा भिड्ने छन् । रुपन्देही–२ राष्ट्रिय जनमुक्ति पार्टीको राम्रो पकड भएको क्षेत्र मानिन्छ ।

प्रतिक्रिया दिनुहोस्