काठमाडौं । दिदीबहिनी र दाजुभाइ नहुनेहरूले काठमाडौंको रानीपोखरीमा रहेको बालगोपालेश्वर मन्दिरमा भाइटीका लगाएका छन् ।
दिदीबहिनी एवं दाजुभाइ नहुनेहरूले मन्दिरमा गई पूजा र दर्शन गरी भाइटीका लगाउने प्रचलन रहेको छ ।
यो मन्दिर हरेक वर्ष भाइटीकाको दिन मात्र खुल्छ । बालगोपालेश्वर मन्दिर भाइटीकाको दिन खुला नै रहन्छ ।