Logo
Logo

महोत्तरीको भंगाहामा कर्फ्यू कायमै


1.6k
Shares

महोत्तरी । भङ्गाहा नगरपालिकामा जिल्ला प्रशासन कार्यालयले निषेधाज्ञा (कर्फ्यू ) कायमै राखेको छ ।

भङ्गाहा–८ पडरिया बस्तीमा बिहीबार २ समूहबीच झडप भएपछि प्रशासनले पडरिया वरपर क्षेत्र तोकेर निषेधाज्ञा जारी गरेको थियो । निषेधाज्ञा आज पनि जारी छ ।

पडरिया बस्तीको सम्पूर्ण क्षेत्र, उत्तरपूर्वमा पडरियाको ब्रह्मस्थान, उत्तरमा धर्मपुर बस्तीको दक्षिण, पूर्वमा लोहारपट्टी नगरपालिका–१ मा पर्ने बगडाचोक तथा पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टीस्थित पुलसम्म अनिश्चितकालीन निषेधाज्ञा जारी गरेको हो ।

अर्को आदेश जारी नभएसम्म घोषित क्षेत्रभित्र समूहमा हिँडडुल गर्न तथा बाहिरी क्षेत्रबाट सो क्षेत्रमा प्रवेश गर्न निषेध गरिएको प्रमुख जिल्ला अधिकारी दीपककुमार पहाडीले बताए ।

अवस्था थप जटिल हुन नदिन प्रजिअ पहाडीले राजनीतिक दल, सामाजिक सङ्घसंस्थाका प्रतिनिधि र नागरिकसँग अपिल गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्