Logo
Logo

कारबाही गरिएका घनश्यामसहित ५ नेताको नाम अझै एमालेको वेभसाइटमा


5.4k
Shares

काठमाडौं । प्रतिनिधि तथा प्रदेशसभा सदस्य निर्वाचनमा पार्टीका आधिकारिक उम्मेदवारविरुद्ध बागी उठेपछि एमालेले २ स्थायी कमिटि र ३ केन्द्रीय सदस्यलाई कारबाही गर्यो ।

असोज २३ गते उम्मेदवारी दर्ता गरेलगत्तै स्थायी कमिटि सदस्य घनश्याम भुषाल र प्रभु शाह तथा केन्द्रीय सदस्य गंगा चौधरी, कुन्दन कुशवाह र बदमी क्वारा बुढालाई पार्टीबाट हटाएको थियो ।

पार्टी निर्णयविपरित उम्मेदवारी दिएकाे भन्दै एमालेले बिना स्पष्टीकरण पार्टी अभिलेखबाटै नाम हटाएर कारबाही गरेको दाबी गरेकाे थियाे । तर, उनीहरुको नाम वेभसाइटबाट भने हटाएको छैन ।

एमालेको आधिकारीक वेभसाइट सीपीएनयूएमएल डट ओआरजीमा कात्तिक ११ सम्म पनि स्थायी कमिटि सदस्यको लिस्टमा भुषाल र शाहको नाम छ । केन्द्रीय सदस्यको लिस्टमा चौधरी, कुशवाह र बुढाको पनि नाम वेभसाइटमा छ ।

भुसालले रुपन्देही र शाहले रौतहटबाट स्वतन्त्र उम्मेदवार दिएका छन् । यस्तै कुशवाहले रौतहट, चौधरीले दाङ तथा बुढाले डोल्पाबाट स्वतन्त्र उम्मेदवार दिएका छन् ।

प्रतिक्रिया दिनुहोस्