Logo
Logo

कांग्रेसले ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने


441
Shares

काठमाडौं । नेपाली कांग्रेसले आगामी ५ वर्षमा १२ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने महत्वकांक्षी प्रतिज्ञा गरेको छ ।

मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि घोषणापत्र जारी गर्दै १२ लाखभन्दा धेरै नयाँ रोजगारी सिर्जना गर्ने प्रतिज्ञा गरेको हो ।

कांग्रेसले प्रतिज्ञापत्र भनेर सार्वजनिक गरेको घोषणापत्रमा भनिएको छ– ‘व्यापक रोजगारीका सम्भावना बोकेका क्षेत्रहरूमा सूचना प्रविधि, उद्योग, पर्यटन, निर्माण र यातायात, वित्तीय क्षेत्र, खनिज, कला तथा मनोरञ्जन लगायतका अन्य सेवा क्षेत्रमा वार्षिक २ लाख ५० हजार नयाँ रोजगारी सिर्जना गर्ने संकल्प गर्दछ ।’

रोजगारीका पाँच ठूला क्षेत्र कृषि, थोक तथा खुद्रा बिक्री, उत्पादनमूलक उद्योग, निर्माणमा र शिक्षा रहेको दाबी गरेको कांग्रेसले पाँच वर्षमा नयाँ रोजगारीका क्षेत्र पहिचान गर्ने र त्यसमा अवसर सिर्जना गर्ने प्रतिज्ञा जनाएको छ ।

कांग्रेसले हाल नेपालमा ७० लाखभन्दा बढी जनसंख्या विभिन्न प्रकारका रोजगारी र स्वरोजगारमा आवद्ध रहेको उल्लेख गरेको छ ।

प्रतिक्रिया दिनुहोस्