Logo
Logo

चिनियाँद्वारा विमानस्थलभित्रै सुन र नगद चोरी, दुई जना नेपाल प्रहरीको फन्दामा


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौ., ८ भदौ ।
दुई चिनियाँले विमानस्थलभित्रै चोरी गरेका छन् । रकिवाई मा र हु जिनझाङका नामक चिनियाँलाई शनिबार बेलुका प्रहरीले पक्राउ गरेको छ ।


टर्किस एयरलाइन्सबाट शनिबार टर्कीबाट काठमाडौं आएका डेनमार्कका नागरिकको उनीहरुले सुन र नगद चोरी गरेका हुन् । पक्राउ परेका चिनियाँ भने इस्तानबुल जाने क्रममा थिए विमानस्थल प्रहरीले चिनियाँलाई काठमाडौं प्रहरीमा बुझाएको छ । चोरीएको दुई वटा सुनका बाला र नगद समेत उनीहरुबाट बरामद भएको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्