Logo
Logo

ओलीको प्रश्न- जयसिंह धामी मारिएको घटना जस्तै प्रधानमन्त्रीको मौनता कहिलेसम्म ?


1.4k
Shares

फाइल फाेटाे

काठमाडौं । भारतीय पक्षबाट नेपाली बालक मारिएको विषयमा सरकार मौन रहेको भन्दै प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सरकारको आलोचना गरेका छन् ।

शुक्रबार दार्चुलास्थित महाकालीपारि पिथौरागढ जिल्लास्तिथ धार्चुला तहसिलमा सडक कटान गर्ने क्रममा उछिटिएको ढुङ्गाले लागेर व्यास गाउँपालिका–२ बालक पवन महराको मृत्यु भएको थियो । सोही विषयमा सरकार मौन रहेको भन्दै अध्यक्ष ओलीले आलोचना गरेका हुन् ।

जयसिंह धामीलाई तुइन काटेर मारिएको घटनामा जस्तै यस घटनामा पनि कहिलेसम्म मौनतामा बस्ने भन्दै अध्यक्ष ओलीले प्रधानमन्त्री शेरबहादुर देउवासँग प्रश्नसमेत गरेका छन् ।

शनिबार सामाजिक सञ्जालमा लेख्दै अध्यक्ष ओलीले बालक महराको मृत्यु भएको घटनामा दुःख व्यक्त गरेका छन् । सोही घटनामा ढुंगा लागेर १४ वर्षीया बालिका सरिना महरासहित केही स्थानीय घाइते भएका छन् ।

अध्यक्ष ओलीले समाजिक सञ्जालबाटै यस घटनाको छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन पनि सरकारसँग माग गरेका छन् ।
ओलीले फेसबुकमा लेखेका छन– ‘घटनाको तत्काल छानबिन गरी सत्यतथ्य बाहिर ल्याउन, दोषीमाथि कारबाही गर्न र पीडित परिवारलाई तत्काल क्षतिपूर्ति उपलब्ध गराउन सरकारसँग माग गर्दछु,’ उनले भने, ‘तुइन काटेर गत वर्ष जयसिंह धामीलाई मारिएको घटनामा जस्तै प्रधानमन्त्री देउवाको मौनता कहिलेसम्म ?’

प्रतिक्रिया दिनुहोस्