Logo
Logo

मनकामना जाँदै गरेको बस दुर्घटना, ५ जनाको मृत्यु


1.3k
Shares

काठमाडौं । गोरखाको मनकामना दर्शन गर्न जाँदै गरेका दर्शनालु बोकेको बस दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको छ ।

पाल्पाबाट मनकामनाका लागि छुटेको ना६ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा दुर्घटना हुँदा पाँच जनाको मृत्यु भएको हो । आज बिहान ४ बजे भएको दुर्घटनामा पाँच जनाको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

दुर्घटनमा परि २५ जना घाइते भएका छन् । घाइतेहरूलाई उद्धार गरि चितवन ल्याउने तयारी भैरहेको प्रहरीले जनएको छ। घटनाको थप विवरण आउन बाँकी छ ।

प्रतिक्रिया दिनुहोस्