Logo
Logo

रसुवामा बस दुर्घटना : ९ यात्रु घाइते


441
Shares

नुवाकोट । रसुवाको जिवजिवेबाट काठमाडौंतर्फ गइरहेको बस दुर्घटना भएको छ ।

कालिका गाउँपालिका–३ मा कालिकास्थानमा भएको दुर्घटनामा ९ जना घाइते भएका हुन् । घाइतेको नुवाकोट जिल्ला अस्पताल त्रिशूली र काठमाडौको ट्रमा सेन्टरमा उपचार भइरहेको प्रहरीले जनाएको छ ।

बस अनियन्त्रित भई कालिकास्थान मुनिको घुम्तीमा दुर्घटना भएको हो । बसमा तिहार मनाएर नुवाकोट र काठमाडौं जांदै गरेका यात्रु रहेको बताइएको छ ।

प्रहरीले बसका सहचालकलाई नियन्त्रणमा लिएको छ । चालक भने दुर्घटनापछि फरार रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्