सोल । दक्षिण कोरियाको राजधानी सहर सोलमा भागदौड मच्चिँदा १४९ जनाको मृत्यु भएको छ ।
घटनामा थप ७६ जना घाइते भएको अधिकारीहरुले जनाएका छन् । हालोवीन उत्सव मनाइरहेका मानिसहरुबीच भागदौड मच्चिएको हो । बीबीसीका अनुसार यो घटना सोलको इटाइवोन नाइटलाइफ क्षेत्रमा भएको हो ।
कोभिड महामारीपछि पहिलोपटक मास्क विना नै हालोवीन उत्सव आयोजना गरिएको थियो । भागदौड मच्चिनुको कारण भने खुल्न सकेको छैन । कोरियाका राष्ट्रपति यून सुक येओलले सम्बन्धित निकायलाई घाइतेहरुको उद्धारको लागि निर्देशन दिएका छन् ।
उनले यो घटनाको अनुसन्धानको लागि पनि निर्देशन दिएका छन् ।