लमजुङ । जिल्ला कारागार लमजुङमा एक कैदीको मृत्यु भएको छ ।
शनिबार राती २ बजे कारागारमा अचानक बेहोस भएकाले उपचारको क्रममा उनको मृत्यु भएको जिल्ला कारागार लमजुङका जेलर ताराबहादुर तामाङले बताए । मृत्यु हुनेमा जिल्लाको दुधपोखरी गाउँपालिका १ का बर्ष अन्दाजी ३६ वर्षीय रोहनराज धिताल रहेका छन ।
०७८ बैशाख १२ गते आपराधिक उपद्रव मुद्दामा पक्राउ परेका धिताललाई जिल्ला अदालत लमजुङले २०८० बैशाख १२ गतेसम्म २ बर्ष कैद फैसला गरेको थियो ।