Logo
Logo

ग्वार्कोमा जिपको ठक्करबाट युवतीको मृत्यु


441
Shares

काठमाडौं । ललितपुरको ग्वार्कोमा शनिबार बेलुकी जिपको ठक्करबाट पैदलयात्रीको मृत्यु भएको छ ।

नम्बर खुल्न नसकेको निलो रङको स्कारपियो जिपले पैदल हिंडिरहेकी २६ वर्षीया युवतीलाई ठक्कर दिएको थियो ।

दुर्घटनामा घाइते भएकी उनको उपचारको लागि पाटन अस्पताल लैजाने क्रममा बाटोमै मृत्यु प्रहरी प्रभाग मंगलबजारले जनाएको छ । मृतकको सनाखत हुन बाँकी रहेको छ ।

दुर्घटना पश्चात भागेका चालकको खोजी भइरहेको ललितपुर प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्