Logo
Logo

नवलपुर दुर्घटना : मृतक पाँचै जनाको सनाखत


1k
Shares

काठमाडौं । पाल्पाबाट मनकामना दर्शनको लागि जादै गरेका दर्शनार्थी चढेको बस दुर्घटनामा मृत्यु भएका पाँच जनाकै सनाखत भएको छ ।

पाल्पाको रम्भा गाउँपालिका-१ हुँगीबाट मनकामना जाँदै गरेको ना ६ ख ७५८० नम्बरको बस नवलपुरको बुलिङटारमा आज बिहान दुर्घटना भएको हो ।

दुर्घटनामा रम्भा गाउँपालिका-१ का ४१ वर्षीय तारा विक, १७ वर्षीय विनय विक, ६२ वर्षीया धनी विक, ५८ वर्षीया देवी गाहा र स्याङ्जाको गल्याङ नगरपालिका-९ बेलचौरकी वर्ष ४५ की फूलमाया माझी रहेकी छन् ।

उनीहरू सबैको घटनास्थलमै मृत्यु भएको जिल्ला प्रहरी कार्यालय नवलपुरका डिएसपी सन्तोष पाठकले जानकारी दिए ।दुर्घटनामा २९ जना घाइते भएका छन् । घाइतेहरुलाई उपचारको लागि चितवनको भरतपुर पठाइएको डिएसपी पाठकले जानकारी दिए ।

प्रतिक्रिया दिनुहोस्