Logo
Logo

सुदूरपश्चिम प्रदेशमा भूकम्प महसुस


1k
Shares

बैतडी । सुदूरपश्चिम प्रदेशका पहाडी जिल्लामा भूकम्पको धक्का महसुस गरिएको छ ।

आइतबार बिहान ९ बजेर २६ मिनेटमा गएको ४ दशमलव ६ रेक्टर स्केलको उक्त भूकम्पको धक्का बैतडी, बझाङ, डोटीलगायतका जिल्लामा महसुस गरिएको छ ।

भूकम्प मापन केन्द्र सुर्खेतका प्राविधिक सहायक राजेश शर्माका अनुसार उक्त भूकम्पको केन्द्रबिन्दु बझाङको लेखगाउँ रहेको छ । भूकम्पको क्षतिबारे कुनै जानकारी नआएको जनाइएको छ ।

प्रतिक्रिया दिनुहोस्