Logo
Logo

दल र नेताको विकल्प छैन : प्रचण्ड


1.4k
Shares

फाइल फाेटाे ।

गोरखा । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दल र नेताको विकल्प नरहेको बताएका छन् ।

स्वतन्त्र र ‘नो नट अगेन’ जस्ता अभियानले मुलुकलाई अराजकतातिर लैजाने प्रचण्डको भनाइ छ । नेताहरुको विस्थापन उसको उमेरका कारण नहुने तर्क उनको तर्क छ ।

‘दलहरुको अगाडी स्वतन्त्रहरुले प्रतिस्पर्धा गर्ने भन्ने कुरा दिगो हुने कुरा होईन । यो टिक्ने कुरा पनि होईन । तर पनि मैले स्वतन्त्र भएर चुनाव लडेका र जितेकालाई लोकतन्त्रकै नयाँ फुल भनेर हेर्नुपर्छ पनि भनेको छु । नकरात्मक टिप्पणी गरेको छैन,’ गोरखामा निर्वाचन प्रचारका क्रममा रहेका प्रचण्डले पत्रकारसँग भने ।

स्वतन्त्रले अलिकति आफूलाई सच्चिन दलहरुलाई प्रेरित भने उनकाे भनाइ छ । ‘तर, स्वतन्त्रले देशलाई अराजकतातिर कता हो कता अध्यारोतिर लाने खतरा पनि छ ।’ यो निर्वाचनमा चलिरहेको ‘नो नट अगेन’ जस्ता अभियान नेतालाई होच्याउने ढंगले मात्र आएको र यसकापछाडी कुनै भिजन नरहेको दाबी गरे ।

यस्ता अभियान पानीको फोका जस्तै हराएर जाने प्रचण्डको दाबी छ ।

प्रतिक्रिया दिनुहोस्