Logo
Logo

चुनावपछि प्रचण्ड नै हुन् प्रधानमन्त्री : बाबुराम


3.8k
Shares

गोरखा । डा बाबुराम भट्टराई यचिखेर गोरखामा छन् । उनी स्थानीयसँग मत माग्दै हिँडेका छन् । नेकपा समाजवादीका अध्यक्ष एवं पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले आफ्नो लागि नभएर माओवादी अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’का लागि गोरखावासीसँग मत माग्न व्यस्त भएका हुन् ।

आइतबार गोरखामा आयोजित चुनावी कार्यक्रमलाई सम्बोधन गर्दै प्रचण्ड अबको प्रधानमन्त्री र नेपाली कांग्रेसका नेता सुरेन्द्र पाण्डे मुख्यमन्त्री बन्ने भन्दै उनीहरुका लागि मत मागे ।

यस पटक प्रचण्ड गोरखा–२ बाट चुनाव लड्दै छन् । यसअघि यो क्षेत्रमा भट्टराईले उनले जित्दै आएका थिए । तर, यसपटक संसदीय निर्वाचन लड्ने घोषणा गरेपछि प्रचण्ड यो क्षेत्रमा चुनाव लड्न लागेका हुन् । प्रचण्डले आफ्नो क्षेत्रमा चुनाव जित्नेमा भट्टराई विस्वस्त छन् ।

डा भट्टराईले भने, ‘यहाँ कसैले अन्यथा नमान्नु होला, कमरेड प्रचण्ड भोलिको प्रधानमन्त्री र सुरेन्द्रराज पाण्डे भोलिको मुख्यमन्त्री । यही क्षेत्रले प्रधानमन्त्री पनि मुख्यमन्त्री पनि पाइसकेपछि हाम्रो विकासको सपना कसरी पूरा नहोलान् त ?’

सत्ता गठबन्धनबाट माओवादी केन्द्रका अध्यक्ष प्रचण्ड गोरखा– २ बाट प्रतिनिधिसभा सदस्य उम्मेदवार र सुरेन्द्र पाण्डे प्रदेशसभा सदस्य उम्मेदवार छन् ।

प्रतिक्रिया दिनुहोस्