Logo
Logo

युवाको पक्षमा आवाज उठाउन उम्मेदवारी दिएकी हुँ : कुन्ती पोखरेल


252
Shares

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टीबाट काठमाडौं क्षेत्र नं. २ मा प्रतिनिधिसभा सदस्य उम्मेदवार बनेकी कुन्ती पोख्रेलले भ्रष्टाचारीलाई फाइल पल्टाएरै कारबाही गर्न आफूले चुनाव जित्नुपर्ने बताएकी छन् ।

आइतबार काठमाडौं वडा नं ९ स्थित बत्तिसपुुतलीमा मतदातासँग भेटघाट कार्यक्रममा यस्तो बताएकी हुन् । भ्रष्टाचारीलाई उनीहरुको कालो कर्तुत पर्दाफास गरी वषौंदेखि अनधिकृतरुपमा कुम्लयाएको सम्पत्ति राज्यको ढुकुटीमा ल्याउनुपर्नेमा उनले जोड दिइन् ।

कार्यक्रममा उनले अहिले देशमा बेरोजगारको ठूलो समस्या भएकाले त्यसको अन्त्यको लागि राज्यले नीति बनाउन आवश्यक रहेको बताइन् ।

संसद् भनेको राज्यको नीति, नियम बनाउने थलो भएकोले युवाहरुको पक्षमा आवाज उठाउन आफू संसदमा पुग्नुपर्ने उनले दाबी गरिन् । उनले आफूले चुनाव जितेमा दशैं, तिहारजस्ता राष्ट्रिय चाडपर्वका दिनपनि आँशु पुच्छदै घर, परिवार छोडेर विदेसिनुपर्ने दिनको अन्त्य हुने बताएकी छन् ।

प्रतिक्रिया दिनुहोस्