Logo
Logo

एआइजीको उमेरहद सच्याउने प्रस्ताव मन्त्रिपरिषद्मा अलपत्र


2.3k
Shares


काठमाडौं । नेपाल प्रहरीमा एआइजीको उमेरहद सच्याउने प्रस्ताव मन्त्रिपरिषद्मा अलपत्र परेको छ । अर्थमन्त्री जनार्दन शर्माले एआइजीको अनिवार्य अवकाशको उमेरहद ५६ बाट ५८ वर्ष बनाउने प्रस्ताव गरेका थिए ।


निर्वाचन आचारसंहिताका कारण त्यससम्बन्धि निर्णय हुन सकेको छैन । अवकाश हुन लागेका एआइजीद्वय अरुण बिसी र रबिन्द्रबहादुर धानुकलाई लक्षित गरी अर्थमन्त्रीले यस्तो प्रस्ताव मन्त्रिपरिषद्मा लगेका थिए । तर, निर्वाचन आयोगले सहमति दिएको छैन ।


एआइजी बिसीले १५ कात्तिक तथा धानुकले २५ कात्तिकमा अवकाश पाउँदैछन् । खासगरी धानुककै लागि प्रहरी नियमावली संशोधन गर्न लागिएको स्रोत बताउँछ । यसअघि अर्थमन्त्रीकै जोडबलमा उनी एआइजीमा बढुवा भएका थिए । गृह मन्त्रालयलाई समेत बाइपास गरी अर्थमन्त्रीले यससम्बन्धि ठाडो प्रस्ताव मन्त्रिपरिषद्मा लगेकोमा अनौठो मानिएको छ । यसअघि सर्वाेच्चले प्रहरीको करिअरसँग जोडिएका विषयमा ऐन संशोधन गरेर मात्र हेरफेर गर्न सरकारका नाममा आदेश दिएकाले अहिले केही व्यक्तिलाई लक्षित गरी नियमावली संशोधन गर्न नमिल्ने तर्क कतिपय प्रहरी अधिकारीको छ ।

प्रतिक्रिया दिनुहोस्