Logo
Logo

योगेश भट्टराई- झुटो आश्वासनले गाउँ पस्नै मुस्किल


65.5k
Shares

ताप्लेजुङ । एमाले सचिव योगेश भट्टराईले २०७४ सालको निर्वाचनमा गरेको भाषण यतिबेला भाइरल भएको छ ।

मत माग्ने क्रममा पाथीभरा याङवरक गाउँपालिका–५ चाक्सिबोटे माविमा गरेको भाषणको भिडियोलाई मतदाताले व्यंग्य गर्दै सामाजिक सञ्जालमा शेयर गरिरहेका छन् ।

भिडियोमा भट्टराईले भनेका छन्, ‘अर्को चुनावमा भोट माग्न आउँदा चाक्सिबोटोसम्म हिँडेर आउनु पर्दैन र कच्ची बाटो पनि होइन । पीच बाटोमा गाडी लिएर हामी आउँछौं । तपाईंहरुलाई विश्वासका साथ म भन्न सक्छु ।’ त्यसपछि उनले चाक्सिबोटे माविलाई आधुनिक बनाउने ठोकुवा गरेका छन् ।

यस्तै भाषण र आश्वासन दिएर मात मागेका उनले निर्वाचन जिते । मन्त्री पनि बने । जिल्लाका लागि याेगेश भएकै कारण याे भयाे भनेर सम्झने कुनै काम छैन । र अहिले फेरी प्रतिनिधिसभा सदस्यका लागि मत मागेर गाउँ–गाउँ पुगिरहेका छन् । यसरी मत मागिरहेका भट्टराईलाई मतदाताले पहिले गरेको वाचा पुरा नगरेकामा प्रश्न उठाइरहेका छन् । प्रत्यक्ष भेटेर । सामाजिक सञ्जाल र अरु विभिन्न माध्यमबाट ।

बन्यो त सडक ?
भट्टराईले भाषणमा भनेको चाक्सिबोटे माविसम्म दुईतर्फबाट सडक सञ्जाल जोडिएको छ । एउटा पालिकाको केन्द्र थेचम्बुबाट फावाखोला–डुम्रिसे हुँदै । अर्को वडा नं ५ थुम्बेदिनतर्फबाट ।

डुम्रिसेतर्फबाट कालोपत्रे भेट्न मेचि राजमार्गको काबेली पुग्नुपर्छ । भने थुम्बेदिनबाट पाँचथरस्थित मध्यपहाडी लोकमार्गको थर्पु बजार । यस्तो अवस्थामा सहजै अनुमान लगाउन सकिन्छ, चाक्सिबोटेसम्म कालोपत्रे सडक तत्काल सम्भव छैन । कच्ची सडकलाई बाह्रै महिना सहज रुपमा चल्ने बनाइदिए पुग्छ ।

त्यसबेलासम्म भट्टराई यतिसम्म बकम्फुसे कुरा गरेर ढाँट्छन् भन्ने ताप्लेजुङ्गेले सोचेका थिएनन् । अब प्रश्न उठ्छ, एमाले पार्टीको सचिव भइसकेका नेता भट्टराईले किन यस्तो हावादारी भाषण गरे त ? यसको जवाफ भट्टराईले नै देलान् । तर, अहिले उनको व्यवहार हेर्दा मतदाताका यो र यस्ता दर्जनौं प्रश्नप्रति अनुदार बनिरहेका छन् ।

यसपटक गए त चाक्सिबोटे ?
५ वर्षपछि कालोपत्रे सडकमा आउँछु भनेका भट्टराईले वाचा पुरा गर्ने कुनै पहल नै गरेनन् । यही गाउँबाट प्रदेशसभामा निर्वाचित भएर मन्त्रीसमेत बनेका बलबहादुर साम्सोहाङले पनि त्यसलाई वास्ता गरेनन् ।

यसले निराश भएका स्थानीयको प्रश्न सामना गर्न कठिन थियो । त्यसैले योगेश केहीदिनअघिको एक साँझ सुटुक्क चाक्सिबोटे पुगे । अनि एकजना अगुवा कार्यक्रकर्ताको घरमा सिमित मान्छे भेटेर फर्किएको स्रोत बताउँछ ।

योगेशका अरु धेरै वाचा हावादारी भएको पुष्टि भइसकेको छ । त्यसबेला उनले हरेक भाषणमा २ वर्षत्रिभ जिल्लाका सबै पालिकाको केन्द्रमा कालोपत्रे सडक पुर्याउने, २ वर्षमै बहानन्दे–दोभान सडक कालोपत्रे गर्नेलगायतका दर्जनौं योजना अहिले सुरु नै भएका छ्रैनन् ।

सदरमुकाम रहेको नगरपालिकाबाहेक कुनै पनि पालिकाको केन्द्रमा कालोपत्रे सडक पुग्ने त परको कुरा भयाे । भएका कच्ची सडक पनि बाह्रै महिना चल्न सक्दैनन् ।

प्रतिक्रिया दिनुहोस्