Logo
Logo

प्रधानमन्त्री देउवाद्वारा नवलपुर दुर्घटनाप्रति दुःख व्यक्त


819
Shares

काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज विहान नवलपरासी बर्दघाट सुस्तापूर्वको बुलिङटार गाउँपालिका-२ मथारमा भएको सवारी दुर्घटनप्रति दुःख व्यक्त गरेका छन् ।

‘पाल्पाको रम्भा गाउँपालिकाको हुँगीबाट मनकामना जाँदै गरेको बस दुर्घटनामा परेको खबरले स्तव्ध भएको छु,’ प्रधानमन्त्री देउवाले सामाजिक सञ्जाल ट्वीटरमा लेखेका छन्, ‘दुर्घटनामा परी ज्यान गुमाएकाहरुप्रति श्रदाञ्जली व्यक्त गर्दै शोकाकुल परिवारजनमा समवेदना प्रकट गर्दछु ।’

पाल्पाको हुगीदेखी दर्शनार्थी लिएर मनकामना आउँदै गरेको ना ६ ख ७५ ८० नम्बरको बस आज बिहान ४ बजे अनियन्त्रित भई सडकबाट अन्दाजी एक सय मीटर तल खसेको थियो । आज भएको उक्त दुर्घटनामा ५ जनाको घटनास्थमै मृत्यु हुनुका साथै ३० जना घाइते भएका थिए । घाईतेहरुको तत्काल उपचारको प्रबन्ध गर्न सम्बन्धित निकायलाई निर्देशन दिएको समेत उनले जनाएका छन् ।

प्रतिक्रिया दिनुहोस्