Logo
Logo

प्रधानमन्त्री ओलीको स्वास्थ्य अवस्था सामान्य


- दृष्टि न्युज/संवाददाता

0
Shares

काठमाडौं, ८ भदौं । उपचारको सिलसिलामा सिंगापुरमा रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको स्वास्थ्य सामान्य रहेको जनाइएको छ ।
सिंगापुरको नेशनल युनिभर्सिटी हस्पिटलमा उपचार गराइरहेका उनको गत शुक्रबार प्लाज्माफेरेसिस प्रक्रिया सुरु गरिएको प्रधानमन्त्रीका निजी चिकित्सक प्राध्यापक डा दिव्यासिंह शाहलाई उद्धृत गर्दै प्रधानमन्त्रीका प्रेस सल्लाहकार डा कुन्दन अर्यालले जानकारी दिएका छन् ।
रगतमा रहेका एण्टीवडीजस्ता हानिकारक तत्व हटाइने यो प्रक्रिया आज र अझ केही दिन निरन्तर रहने छ । उनको उपचार उक्त अस्पतालका विज्ञ चिकित्सकका साथै नेपाली चिकित्सकबाट समेत हुने बताइएको छ ।
प्रधानमन्त्री ओली मिर्गौलासम्बन्धी उपचारको सिलसिलामा यही भदौ ५ गते सिंगापुर प्रस्थान गरेका थिए । यसअघि उनी गत साउन १८ गते सिंगापुरको सोही अस्पतालमा उपचार गराइ सुधार भएपछि साउन २७ गते स्वदेश फर्किएका थिए ।
केही दिनअघि रगतमा एण्टीवडीको मात्रा देखिएपछि उनको मिर्गौलाको क्षमता अभिवृद्घिका लागि पुनः सिंगापुर गएका हुन् । प्रधानमन्त्रीको साथमा उनकी धर्मपत्नी राधिका शाक्य, प्रमुख राजनीतिक सल्लाहकार विष्णु रिमाल, निजी चिकित्सक डा शाह, स्वकीय सचिव राजेश बज्राचार्यलगायत रहेका छन् ।

प्रतिक्रिया दिनुहोस्