Logo
Logo

ब्राजिलकाे राष्ट्रपतिमा सिल्भाको कमव्याक- गरे शान्ति र एकताको आह्वान


819
Shares

ब्राजिल । दिग्गज वामपन्थी लुइज इनासियो लुला दा सिल्भा ब्राजिलको राष्ट्रपतिमा विजयी भएका छन् । कडा प्रतिष्प्रर्धाबीच ७७ वर्षीय सिल्भाले वर्तमान राष्ट्रपति जायर बोल्सोनारोलाई पराजित गरेका हुन् ।

आर्थिक अनियमितताको आरोपपछि उनले सन् २०१० मा सिल्भाले पद छाड्न बाध्य भएका थिए । भ्रष्टाचार अभियोगमा उनी १८ महिना जेल परेका थिए ।

ब्राजिलका राष्ट्रपतिमा नवनिर्वाचित सिल्भाले तीतो रूपमा विभाजित ब्राजिलमा ‘शान्ति र एकता’को लागि आह्वान गरेका छन् । ‘देश अब अन्तर्राष्ट्रिय रुपमा बहिस्कृत नरहेको बताउँदै जीवित अमेजनको आवश्यकतालाई प्रकाश पारे । स्थायी युद्धको अवस्थामा विभाजित राष्ट्रमा बस्नु कसैको हितमा छैन,’ ७७ वर्षीय वामपन्थीले अति दक्षिणपन्थी जैर बोल्सोनारोलाई पराजित गरेपछि विजयी भाषणमा भने । आफूलाई मतदान गर्ने मात्र नभई २१५ ब्राजिलियनहरुलाई सेवा गर्ने उनले प्रतिबद्धता जनाए ।

प्रतिक्रिया दिनुहोस्