Logo
Logo

उर्लाबारीमा छुरा प्रहारबाट बालकको मृत्यु


0
Shares

मोरङ । उर्लाबारीस्थित मावा खोलामा छठ पर्वको रौनक हेर्न गएका बालकको छुरा प्रहारबाट मृत्यु भएको छ ।

झापा दमक नगरपालिका-१० का १४ वर्षीय डियुज श्रेष्ठको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङले जनाएको छ । छुरा प्रहारबाट घाइते श्रेष्ठ बेहोस भई लडेपछि साथीले गोदावरी हस्पिटलमा उपचारका लागि भर्ना गराएका थिए ।

घाइते बालकलाई अस्पतालमा ल्याएपछि मात्रै थाहा पाएको इलाका प्रहरी कार्यालय उर्लाबारीका प्रहरी निरीक्षक मिलन जङ थापाले बताए । थापाका अनुसार राति करीब साढे १० बजे बालकमाथि छुरा प्रहार भएको थियो ।

छुरा हान्नेको प्रहार गर्नेको पहिचान भइनसकेको प्रहरीले जनाएको छ ।

प्रतिक्रिया दिनुहोस्