Logo
Logo

आत्मनिर्भर बन्न सके मात्र समृद्धि र विकास : मेयर चौधरी


- दृष्टि न्युज/संवाददाता

0
Shares

इटहरी । सुनसरीको इटहरी हाँसपोसास्थित आमा समूहले तिहारमा देउसी खेलेर संकलन गरेको रकमबाट महिलालाई आत्मनिर्भर बनाउने तालिम दिएको छ । लोकतन्त्र र न्यायका लागि आमा समूहले तिहारमा तीन दिनसम्म देउसी खेलेर संकलन गरेको रु एक लाख ४५ हजार रकमबाट तालिम दिइएको लोकतन्त्र र न्यायका लागि आमा समूहकी संस्थापक अध्यक्ष कमला खडकाले बताइन् ।

१९ दिनसम्म गुडिया, क्रिस्टल र फेव्रिक माला लिएका महिलालाई घरमै ती सामान बनाउने अर्डर आउन थालेको छ । संस्थाको १६आँै साधारणसभाका अवसरमा तालिम लिएका महिलालाई प्रमाणपत्र प्रदान गरिएको छ । कार्यक्रमका प्रमुख अतिथि इटहरी उपमहानगरका प्रमुख द्धारिकलाल चौधरीले आमा समूहले देउसी खेलेर संकलन गरेको रकमबाट व्यवसायिक तालिम प्रदान गरेको भन्दै प्रशंसा गरे ।

उनले सीपलाई ब्यवहारमा उतारेर आयआर्जनमा सक्रिय हुन आग्रह गरेका छन् । गाउँगाउँबाट आत्मनिर्भर बन्न सके मात्र समृद्धि र विकास सम्भव रहेको प्रमुख चौधरीको भनाइ छ । सरकारी प्रयासले मात्र समृद्धि सम्भव नहुने भन्दै उनले सबै पक्ष हातेमालो गरेर अघि बढ्न जरुरी रहेकोमा जोड दिए ।

प्रतिक्रिया दिनुहोस्