Logo
Logo

रुपन्देहीमा कारको ठक्करबाट तीन जनाको मृत्यु


882
Shares

भैरहवा । रुपन्देहीको सदरमुकाम भैरहवा नजिकै कारको ठक्करबाट एक शिशुसहित तीन जनाको मृत्यु भएको छ । छठघाटबाट घरतर्फ फर्किरहेको कारले ठक्कर दिँदा ३५ दिनको एक शिशुसहित तीन जनाको मृत्यु भएको हो ।

जिल्ला प्रहरी कार्यालयका प्रवक्ता श्यामु अर्यालका अनुसार बिहान करिब साढे ४ बजे भएको दुर्घटनामा परि मृत्यु हुनेमा २८ वर्षीया प्रमिला कुर्मी, १४ वर्षीय सीमा कुर्मी र ३५ दिनको नाम नखुलेको शिशु रहेका छन् । यस्तै सोही घटनामा परी २४ वर्षीया बन्दना कुर्मी र २६ वर्षीया मन्जु कुर्मी घाइते भएको उनले बताए ।

घटनामा परि घाइते भएका दुई जनाको भैरहवास्थित युनिभर्सल कलेज अफ मेडिकल साइन्सेजमा उपचार भइरहेको उपचार भइरहेको जिल्ला प्रहरी प्रवक्ता अर्यालले जानकारी दिए । उनीहमध्ये मन्जुको अवस्था सामान्य रहे पनि बन्दना भने गम्भीर अवस्थामा रहेको अर्यालले जानकारी दिए ।

छठ व्रतालुलाई बिहान भैरहवाबाट परासीतर्फ गइरहेको कारले ठक्करले दिएको थियो । अहिलेसम्म दुर्घटना गराउने कारको पहिचान हुन सकेको छैन । प्रहरी प्रवक्ता अर्यालले कारको खोजी भइरहेको तथा घटनाको सम्बन्धमा थप अनसन्धान भइरहेको बताए ।

प्रतिक्रिया दिनुहोस्