Logo
Logo
एकीकृत समाजवादीको घोषणा

‘एक पालिका, एक उद्योग ग्राम’ कार्याक्रम सञ्चालन गरी नेपाली पहिचान झल्काउने


378
Shares

काठमाडौं । नेकपा (एकीकृत समाजवादी पार्टी)ले निर्वाचन घोषणापत्र सार्वजनिक गरेको छ । एकीकृत समाजवादीले ‘एक पालिका, एक उद्योग ग्राम’ कार्याक्रम सञ्चालन गरी स्थानीय कच्चा पदार्थको प्रयोग गर्ने गरी घरेलु, साना तथा ग्रामीण उद्योगहरू स्थापना गरेर हस्तकलाका वस्तुहरू, नेपाली पहिचान झल्काउने प्रतिबद्धता जनाएको छ ।

त्यस्तै, एकीकृत समाजवादीले लत्ता-कपडा, फर्निचर, कागज, खेलौना, सामानखेर जाने काठपातलाई प्रयोग गरी ब्रकेट उत्पादन, मह, वनस्पति घ्यू तथा तेल, स्थानीय तथा जङ्गली फलफुलबाट जुस उत्पादन, जडीबुटी उत्पादन, संकलन र प्रशोधनगर्ने लगायतका उद्योगहरू सहकारी तथा निजी स्थापना गर्नका प्रोत्साहन गर्दै स्थानीय स्तरमा रोजगारीका अबसरहरू सिर्जना गर्ने प्रतिबद्धता जनाएको छ ।

घरेलु, ग्रामीण, साना तथा मझौला उद्योगहरूको प्रवद्र्धन गर्न-नेपाली सेना, नेपाल प्रहरी, सशस्त्र प्रहरी बल, निजामती कर्मचारी, चिकित्सक तथा स्वास्थ्यकर्मी र शिक्षक तथा विद्यार्थीहरूलाई नेपालमा नै उत्पादित लत्ता–कपडा, जुत्ता–चप्पल, टोपी, व्याग लगायतका बस्तुहरू प्रयोग गर्न प्रोत्साहित गर्नेछौँ । जनप्रतिनिधिहरू, राजनीतिक दलका नेता तथा कार्यकर्ताहरू, समाजिक अभियान्ताहरू, नागरिक समाजका अगुवाहरूले सर्व प्रथम नेपाली वस्तुको प्रयोग गर्ने गरी अभियान सञ्चालन गर्ने घोषणापत्रमा उल्लेख छ ।

प्रतिक्रिया दिनुहोस्