काठमाडौं । आगामी मंसिर ४ मा हुने प्रतिनिधि र प्रदेश सभा निर्वाचनको लागि माओवादी केन्द्रले प्रतिबद्धतापत्र सार्वजनिक गरेको छ ।
प्रतिवद्धतापत्रमार्फत देशमा रहेको फलाम तथा बहुमूल्य रत्नहरूको उत्पादन र प्रशोधन कार्य तथा पेट्रोलियम पदार्थ र ताँबा खानीको अन्वेषण कार्यलाई तीव्रता दिइने जनाएको छ ।
त्यसतै अन्तर्राष्ट्रिय एजेन्सीहरूसँगको समन्वयमा मुस्ताबमा रहेको युरेनियमको व्यावसायिक प्रशोधन र उपयोगको कार्ययोजना तयार गरिने माओवादीले जनाएको छ ।
तीव्र औद्योगिक विकास तथा विस्तारको लागि ठूलो परिमाणमा स्वदेशी तथा विदेशी लगानी जुटाउन विशेष कार्यक्रम लागु गर्ने माओवादीको प्रतिबद्धता छ ।
त्यस्तै ‘नेपालमै उत्पादन’ अभियान चलाउने, सरकारी कार्यालयहरूमा स्वदेशी वस्तु प्रयोग गर्न अनिवार्य गर्ने, जनसाधारणलाई स्वदेशी वस्तु उपयोग गर्न प्रोत्साहन गर्ने अभियान चलाउने माओवादीले जनाएको छ ।