काठमाडौं । नेकपा माओवादी केन्द्रले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई पहिचानसहितको नागरिकताको व्यवस्था गर्ने प्रतिबद्धता गरेको ।
सोमबार आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचन लक्षित प्रतिवद्धतापत्रमा सार्वजनिक गर्दै माओवादीले लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई समेटेको हो ।
लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकलाई शिक्षा, स्वास्थ्य, रोजगारमा विशेष व्यवस्था गरिने माओवादीले जनाएको छ । त्यस्तै यौनिक अल्पसंख्यक हुनु अभिशाप नभएकाले परिवारदेखि समाज, विद्यालय लगायत सबै संरचनाहरूमा चेतना अभिवृद्धि गरिने माओवादीको प्रतिबद्धता रहेको छ ।
राज्यका संरचनाहरूमा लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यकहरूको समानुपातिक समावेशी सहभागिता सुनिश्चित गर्ने पनि माओवादीले जनाएको छ ।