Logo
Logo

सन्दीपविरुद्ध जाहेरी दिने किशोरीको बयान- पिट्दै बलात्कार गरे


2.1k
Shares

काठमाडौं । सन्दीप लामिछानेविरुद्ध जाहेरी दिने किशोरीले प्रतिरोध गर्दा आफूमाथि कुटपिट भएको बयान दिएका छन् ।

जिल्ला सरकारी वकिलको कार्यालय, काठमाडौंले अदालतमा पेश गरेको अभियोग पत्रमा उल्लेखित बयानमा ती किशोरीले आफूमाथि दुईपटक जबरजस्ती करणी भएको बयान दिएका छन् ।

किशोरीले बयानमा भनेका छन्– ‘आफू निदाएको बेला आफूमाथि जबरजस्ती करणी भएको र पहिलो करणी भएको एक घण्टापछि पुनः आफूमाथि दोस्रो पटक करणी भएको हो ।’

सन्दीपले आफूलाई नगरकोटमा राख्न खोजेको र आफू त्यहाँ बस्न अस्वीकार गरी गाडीबाट नओर्लिएपछि काठमाडौँ ल्याएर होटलमा राखेको किशोरीको भनाइ छ । उनले भनेका छन्–
‘सन्दीपले आफूलाई नगरकोटमा पुर्‍याएर त्यहीँसमेत राख्न खोजेकामा आफू त्यहाँ बस्न अस्वीकार गरी गाडीबाट नओर्लिएपछि आफूलाई काठमाडौँ ल्याएर होटल काठमाडौँ इनको कोठा नम्बर ३०५ झुक्याएर लागि दुईपटक बलात्कार गरेँ ।’

करणीका क्रममा सन्दीपले आफूलाई पिटेको समेत उनले बयान दिएका छन् । अदालतमा पेस गरेको अभियोग पत्रमा उल्लेखित बयान अनुसार उनले दोस्रो पटक जबरजस्ती करणी गर्दा आफूलाई ढाडमा जोडले हानेको बताएका छन् ।

यसरी आफूलाई डर, त्रासमा पारेर इच्छा विपरीत दुई पटक जबरजस्ती करणी गरेको पीडितको बयान छ । उनले अर्का क्रिकेटर देव खनालले पठाएको स्न्यापमा सन्दीपलाई दुईपटक देखेपछि साथी बन्न प्रस्ताव पठाएको उल्लेख गरेका छन् ।

प्रतिक्रिया दिनुहोस्